Section 65
निरीक्षण, सुपरीवेक्षण तथा अनुमगन गर्ने
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम दिइएको निर्देशन तथा तोकिदिएको शर्त
बमोजिम श्रमिक आपूर्तिकर्ताले काम गरे नगरेको सम्बन्धमा कार्यालयले नियमित रुपमा निरीक्षण
र अनुगमन गर्नु पर्नेछ ।
(२) स्थलगत निरीक्षण, अनुगमन वा अन्य कुनै माध्यमबाट कुनै श्रमिक आपूर्तिकर्ताले यो
ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा निजलाई तोकिदिएको शर्त अनुरुप काम कारबाही
गरेको नपाइएमा कार्यालयले श्रमिक आपूर्तिकर्तालाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम दिएको निर्देशन पालना गर्नु सम्बन्धित श्रमिक आपूर्तिकर्ताको
कर्तव्य हुनेछ ।